Techie IT
बुधबार, कात्तिक २६,२०८३

नेकपा एसको बैठक: आज बोलेर सकिने, कार्यविभाजन भोलि


३० मंसिर, काठमाडौं । नेकपा एसको स्थायी कमिटी बैठकमा आज पदाधिकारी तथा सदस्यहरुको बोल्ने क्रम सकिने र बाँकी कार्यसूचीमा भोलि प्रवेश गरिने भएको छ ।

महासचिव घनश्याम भुसालले बताएअनुसार आज साँझ ५ बजेसम्म बैठक जारी हुनेछ । ‘बोल्ने क्रम सकिएपछि अरु काम भोलि गर्छौं’, उनले भने ।

भोलिको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिने भुसालले बताए ।

त्यसबाहेक आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गर्न बाँकी छ । भोलिकै बैठकमा विधान संशोधनको काम पनि सकिने भुसालले बताए ।

बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कार्यविभाजन भोलि, #नेकपा एसको बैठक: आज बोलेर सकिने


तपाईको कमेन्ट लेख्नुहोस्