जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं :अर्थमन्त्री
२८ मंसिर,काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले, जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्गको रुपमा बुझ्नलाई आग्रह गरेका हुन् ।
उनले भने,‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रुपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन् । यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्ग हो । महत्वपूर्ण कडि हो भन्ने राख्दछु । त्यसैले मुनाफाको लागि व्यवसायको रुपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रुपमा म सम्मान गर्न चाहन्छु ।’
उनले अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए ।
उनले भने,‘अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नु प¥यो । र यो छिटो कार्यान्वयनमा आउनुप¥यो भन्ने माग छ । यसतर्फ सरकारको ध्यान जाने छ ।’
अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरुमा घर जग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं :अर्थमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्