Techie IT
आईतबार, वैशाख २१,२०८२

पत्रकार महासंघको निर्वाचन सुरु


२८ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि निर्वाचन सुरु भैसकेको छ भने अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

क्याटेगोरी : निर्वाचन बिशेष, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545