Techie IT
आईतबार, वैशाख २१,२०८२

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश


२७ मंसिर काठमाडौं। दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

साइबरसम्बन्धी कसूरमा थुनछेक बहसपछि ४० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतले बिहीबार आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत कुरा सामाजिक सञ्जालमा राखेको भन्दै उनी पक्राउ परेका थिए ।

कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अपुष्ट कागजात सार्वजनिक गरेपछि मंसिर ४ गते उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545