धरानमा यःमरी महोत्सव र धिमे नृत्य हुने
मङ्सिर २६ गते । नेवार समुदायमा प्रचलित यःमरी पर्वको जर्गेना गर्ने उद्देश्यले धरानमा घरघरमा यःमरी भन्ने उद्देश्यसहित धिमे नृत्य हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै घरघरमा यःमरी पाँचौं संस्करणको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । धरानका स्थानीय बासिन्दाको सक्रियतामा नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आगामी मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म यःमरी महोत्सव र धिमे नृत्य गरिने नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताउनुभयो ।
यसअघि पनि हामीले भव्यरुपमा उत्सव आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
यःमरी महोत्सवको अवसरमा धिमे बाजासहित २ सय कलाकारले नेवारी नृत्य प्रस्तुत गर्ने जसकाे लागि तयारी भइरहेको अध्यक्ष सुदन मुनिकारले बताउनुभयो । सो कार्यक्रमका लागि देशभरका कलाकारको उपस्थिति रहने उहाँले बताउनुभयो ।
शताब्दी इतिहास बोकेको यःमरी तथा नेवारी परिकारको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित गर्न लागिएको संयोजक अमृत आचार्जुले बताउनुभयो । उत्सवमा हरेक घरघरमा यमरी पाइनुका साथै लाखे नाच, धिमे बाजा र ठाकठुके लगायत नेवारी सांस्कृतिक कार्यक्रम प्रस्तुत उहाँले जानकारी दिनुभयो । पर्यटन प्रवर्धनमा टेवा पुर्याउन साथै संस्कार, संस्कृतिको जगेर्नाका लागि यस्तो कार्यक्रम राखिएको संयोजक आचार्जुले बताउनुभयो ।
यःमरी पुन्ही वा यःमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व हो । नेवार समुदायले जाडो महिनामा यःमरी बनाएर खाने पर्व योमरी पुन्ही वा योमरी पूर्णिमा पर्व मनाउँछन । नेवार समुदायमा यःमरीको विशेष महत्व छ ।
विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवान्नमध्ये एक हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरानमा यःमरी महोत्सव र धिमे नृत्य हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्