समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग
समाजसेवी सेवक पोखरेलको सक्रियतामा गरिब तथा जेहन्दार पचास विद्यार्थीलाई रु तीस लाख आर्थिक सहयोग गरिएको छ । हेल्पिङ ह्याण्डस् फर नेपाल, बेल्जियमले आइतबार विभिन्न स्थानमा अध्ययन गरिरहेका ५० विपन्न तथा जेहन्दार विद्यार्थीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
उक्त रकम संस्थाका अध्यक्ष बेल्जियम नागरिक एलेन ह्युगेन र नेपालका लागि देशीय निर्देशक एवम् समाजसेवी सेवक पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा विगत १२ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ ।
देशीय निर्देशक एवम् समाजसेवी पोखरेलका अनुसार उक्त संस्थाले दुर्गम क्षेत्रमा बसोबास गर्ने आर्थिक स्थिती कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग गरी डाक्टर तथा ईन्जिनीयरसमेत उत्पादन गरिसकेको छ ।
यस संस्थालाई युरोपबाट नेपालमा ल्याउन समाजसेवी पोखरेलले भूमिका खेल्नुभएको हो । उक्त संस्थाले बार्षिक रुपमा ७०० विद्यार्थीलाई शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।
राष्ट्रिय विपत्तीका समय तथा अन्य समयमा समेत उक्त संस्थाले आर्थिक रुपमा विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडा समेत निरन्तर सहयोग गर्दै आएको छ । उक्त संस्था बेल्जियमको ब्रसेल्समा दर्ता भई सञ्चालनमा रहेको छ । सो संस्थामा युरोपियन नागरिक बाहेक नेपालका पोखरेलमात्र संस्थाको वोर्ड अफ डाइरेक्टर हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्