धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
धादिङ, मङ्सिर २४ गते । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा धादिङको धुनीबेसी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित जिल्ला अदालत धादिङबाट ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरूविरुद्ध १२ मङ्सिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको बताएको छ ।
किर्ते गरेको आरोपमा वडासचिव मिलन कुमार सुवेदी, वडाध्यक्ष हरिप्रसाद सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रवीन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौँको तार्केश्वर नगरपालिका–४ पुरोना गुह्येश्वरी बस्ने ३६ वर्षीय जमुना परियारलाई पक्राउ पुर्जी जारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीका अनुसार उनीहरूविरुद्ध किर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोप छ ।
जमुना र नाबालक छोराको नाममा रहेको जग्गा बेच्नका लागि किर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो । एक अनुसन्धान अधिकृतका अनुसार करोड भन्दा बढी मूल्यको जग्गा नाबालक छोराको समेत अनुमति भनेर बेचेको खुलासा गरिएको छ । यो समूहले यसवापत केही रकम समेत लिएको प्रहरीको भनाइ छ ।
यता वडाध्यक्ष सुवेदी पक्राउ पुर्जी जारी भएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ । एक अनुसन्धान अधिकृतले प्रतिवादीहरूलाई पक्राउ गरेपछि यसबारेमा सत्यतथ्य पत्ता लाग्ने जानकारी दिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्