Techie IT
बुधबार, कात्तिक २६,२०८३

अमेरिकी सहायक र अर्थमन्त्री पौडेल विदेशमन्त्री लुबीच भेटवार्ता


२४ मंसिर ,काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकी सहायक र अर्थमन्त्री पौडेल विदेशमन्त्री लुबीच भेटवार्ता


तपाईको कमेन्ट लेख्नुहोस्