Techie IT
बुधबार, कात्तिक २६,२०८३

बाबुरामले भने- राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ


२१ मंसिर, पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई अस्वाभाविक लागेको बताएका छन् ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा।भट्टराईले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको समेत बताए ।

‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु’ ,उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाबुरामले भने- राज्यले प्रतिशोध साँधेर दुःख दिएको आशंका छ


तपाईको कमेन्ट लेख्नुहोस्