ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द
मङ्सिर २० गते । गोरखाको शहिद लखन गाउँपालिका अन्र्तगत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताको लागि बन्द हुने भएको छ ।
शहिद लखन गाउँपालिकाको वडा नम्बर ४ ताक्लुङदेखि गण्डकी गाउँपालिका–१ बुटारसम्म १२ किलोमिटर सडक खण्ड ७ दिनको लागि बन्द हुने भएको शहिद लखन गाउँपालिकाका–४ का अध्यक्ष याम बहादुर थापा मगरले जानकारी दिुनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालय पोखराको आर्थिक वर्ष २०८०-०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ५ करोड रुपियाँमा सडक स्तरउन्नति गर्ने काम भएकाले ताक्लुङदेखि राईनास बुटार जाने चोकसम्म सबारी आवगमनमा पुर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारीसाधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
उक्त सडक बाटो भएर यात्रा गर्ने यात्रुलाई केहि दिनको लागि असहज भएता पनि केहि दिन पछि सडक स्तरउन्नित भएपछि ताक्लुङ देखि गण्डकी गाउँपालिकाको बुटारसम्म आवतजावत गर्न सहज यात्रा बनाईने गाउँपालिकाद्वारा बिहिबार निकालिएको सुचनामा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ताक्लुङदेखि गण्डकी गाउँपालिका जाने सडक सात दिन बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्