Techie IT
बुधबार, कात्तिक २६,२०८३

लोकतान्त्रिक क्लब द्वारा लक्ष्मीनारायण धाम आश्रम, आरुघाट गोरखा मा ज्याकेट वितरण


 

भीमसेन थापा ३, गोरखामा अवस्थित श्री लोकतान्त्रिक क्लब ले लक्ष्मीनारायण धाममा आश्रित वृद्ध वृद्धा सहित १२ जनालाई न्यानो ज्याकेट र एक छाक भोजन गराएको छ।

भीमसेन थापा ३ का वडा अध्यक्ष ऋषि राम लामिछाने को विशेष उपस्थिति मा अनौपचारिक रुपमा सो राहत वितरण सम्पन्न भएको हो। इटलीका नागरिक क्यारो मुरा को परिवार र साथी हरुको (Caro Mura Family and Friends) अनुदान र लोकतान्त्रिक क्लब को संयोजकत्वको मा उक्त राहत वितरण भएको हो।

लोकतान्त्रिक क्लबको तर्फबाट अध्यक्ष प्रदीप खनाल (IG), सचिव रीतिक खनाल र कोषाध्यक्ष निसान खनाल उपस्थित हुनुभएको थियो।

सोही अवसरमा आश्रमको सञ्चालिका साधिका वैष्णवी देवी दासी ज्यू लाई मानव जीवन को उच्चतम कार्य मा टेवा पुर्याए बापत प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्