मकवानपुर दुर्घटना : २२ जना घाइते
हेटौँडा, मङ्सिर १९ गते। हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते हुनुभएको छ।
हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भएर अन्दाजी ५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा घाइते हुनुभएका २२ जनामध्ये १७ जना डिस्चार्ज हुनुभएको छ। पाँच जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य घाइतेको अवस्था पनि सामान्य छ।
घाइतेको शरीरको विभिन्न भागमा चोट लागेको छ। स्थानीय र प्रहरीको सक्रियतामा घाइतेको उद्धार गरी उपचारका लागि सहकारी अस्पताल हेटौँडामा ल्याइएको थियो। बसमा ३७ जना यात्रु सवार थिए। बस चालक हेटौँडा–१२ पदमपोखरी बस्ने ४५ वर्षीय टीकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मकवानपुर दुर्घटना : २२ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्