सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
मङ्सिर १८ गते । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मङ्गलबार रौतहटमा चलिरहेको पञ्चवर्षिय गढिमाई मेला महोत्सवमा सहभागी हुनेक्रममा यस्तो बताउनुभएको हो ।
नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पुर्खाहरूको ठुलो योगदान रहेको सिंहको भनाइ थियो । आ–आफ्नो धर्मसंस्कृतिलाई संरक्षण र सम्बर्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

‘‘नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ । विगतमा हाम्रा पुर्खाहरूले मिलिजुली समाजमा राम्रो वातावरण बनाउनुभयो । आउने दिनहरूमा पनि हाम्रो पुर्खाहरूले देखाएको बाटोलाई अनुसरण गर्नुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘आआफ्नो आस्थाअनुसार धर्म संस्कृतिअनुसार पाठपूजा, जात्रा, महोत्सव गर्न सक्ने माहोललाई जोगाएर अघि बढ्न सक्नुपर्छ ।’’ उहाँले गढिमाई मेला महोत्सवको सफलताको शुभकामना पनि दिनुभयो ।
राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जोड दिएको भन्दै उहाँले विग्रिएको अर्थतन्त्रको लय ठिक ठाउँमा ल्याउन सरकारले काम गरिरहेको बताउनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सबै धर्म, #संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्