पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा प्रेस चौतारीले लगायो ताला
नेपाल पत्रकार महासंघले सक्रिय पत्रकारलाई संघको सदस्य हुनबाट विमुख गरेको भन्दै प्रेस चौतारी मकवानपुरले पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी गरेको छ ।
चौतारीले पत्रकार नै नरहेका फर्जी सदस्यहरुको सदस्यता खारेज, सक्रिय पत्रकारहरुलाई सदस्यता वितरणसहितको माग गर्दै तालाबन्दी गरेको प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।
महासंघले वितरण गरेको फर्जी सदस्यको खारेजी र सक्रियहरुको सदस्यता वितरण नभएसम्म निर्वाचनको कुनै पनि गतिविधि नगर्न चौतारी मकवानपुरले माग गरेको छ । यथास्थितिमा निर्वाचन गर्न खोजे सशक्त बहिस्कार गरिने चौतारीको धारणा छ ।
यसअधि चौतारी चितवन र सिन्धुली शाखाले पनि महासंघको शाखामा तालाबन्दी गरिसकेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा प्रेस चौतारीले लगायो ताला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्