Techie IT
बुधबार, कात्तिक २६,२०८३

प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता


नेपालका प्रधानमन्त्री केपी शर्मा ओली  र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली  औपचारिक  भ्रमणकालागि चिन गएका थिए।   औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता


तपाईको कमेन्ट लेख्नुहोस्