अक्सनमा ‘अनलक्की’ भयौँ : सन्दीप
काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोसो हार खेपेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोली अक्सनमा ‘अनलक्की’ भएको बताउनुभएको छ ।
‘‘दोस्रो खेलसम्म हामी सबै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनौँ । सुरुवातमा राम्रो भए पनि अवसरलाई क्याच गर्न सकेनौँ । आगामी खेलमा सुधार गर्नेछौँ । ब्याट्सम्यान पाउन अक्सनमा पनि हामी ‘अनलक्की’ भयौँ,’’ सन्दीपले भन्नुभयो ।
मङ्गलबार (आज) बिहान भएको खेलमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरले पराजित भयो । यस खेलमा पूरै चार ओभर बलिङ गर्नुभएका सन्दीपले विकट लिन सक्नुभएन । यसअघि उद्घाटन खेलमा विराटनगर जनकपुर बोट्ल्ससँग आठ विकेटले पराजित भएको थियो ।
यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो जितले टोलीमा उत्साह थपेको बताउनुभयो । ‘‘आज विकेट अलि स्लो थियो । तर विस्तारै राम्रो भयो । आगामी खेलमा थप राम्रो गर्दै जानेछौँ,’’ दीपेन्द्रले भन्नुभयाे ।
क्याटेगोरी : समाचार
ट्याग : #अक्सनमा ‘अनलक्की’ भयौँ : सन्दीप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्