सात लाख मूल्यको रुद्राक्षको दाना बरामद
मङ्सिर १८ गते । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले करिब सात लाख मूल्य बराबरको रुद्राक्षको दाना बरामद गरेको छ ।
धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा बिलविजक नभएको तीन सय ४४ केजी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो । उक्त रुद्राक्षको दाना करिब ६ लाख ८८ हजार रुपियाँ बराबरको रहेको सशस्त्रका प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
मङ्गलबार बरामद रुद्राक्षको दाना आवश्यक कारबाहीका लागि राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सात लाख मूल्यको रुद्राक्षको दाना बरामद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्