एजुकेसनल डेभलपमेन्ट इनिसिएटिभ नेपाल(एडिन)द्वारा “स्कुल डेभलपमेन्ट ह्यान्डबुक” नामक पुस्तक प्रकाशन गरिएकाे छ।
एजुकेसनल डेभलपमेन्ट इनिसिएटिभ नेपाल(एडिन)द्वारा “स्कुल डेभलपमेन्ट ह्यान्डबुक” नामक पुस्तक प्रकाशन गरिएकाे छ।
आज एक समारोहबीच एडिनका निर्देशकद्वय मनाेज कुमार श्रेष्ठ र नेत्र न्याैपानेले पुस्तक विमाेचन गर्नुभएकाे हाे। अष्ट्रियन नागरिक बरनार्ड पाेसर्ट र हिक्मत दाहालद्वारा लिखित उक्त पुस्तक विद्यालयकाे समग्र विकास र व्यवस्थापनकाे GAMMA Model मा आधारित भएर तयार पारिएकाे पुस्तकका लेखक हिक्मत दाहालले बताउनुभयाे।
पुस्तकबारे बाेल्दै बलराम भट्टले बदलिँदो परिप्रेक्षमा पुस्तककाे महत्त्व र यसकाे प्रयाेगबाट विद्यालय नेतृत्वले आफ्ना विभिन्न क्षेत्रलाई कसरी गतिशील बनाउन सक्दछ भनेर प्रकाश पार्नुभयाे।
विशेषगरी काेभिडपश्चात विद्यालयहरुमा भएका नवीन प्रयाेग, विद्यार्थी केन्द्रीत सिकाइ, शिक्षक विद्यार्थी सम्बन्ध तथा सका सम्बन्धि बदलिँदो धारणा समावेश भएकाे यस ह्यान्डबुक धेरै कार्यशालाहरुकाे निचाेडकाे रुपमा प्रस्तुत भएकाे जानकारी गराउँदै वक्ताहरु प्रकाश राज बुढाथोकी र माेदराज पाण्डेले यसकाे प्रयाेगले विद्यार्थी, शिक्षक र अभिभावक समेतलाई सहयाेग पुग्ने बताउनुभयाे।
एडिनले शैक्षिक कार्यशाला, बहस, प्यानल डिस्कसन लगायतका कार्यक्रमहरुकाे माध्यमबाट शैक्षिक जागरणमा सहयाेग पुर्याइरहेकाे छ। यस संस्थाले विभिन्न स्थानीय निकाय, निजी तथा सरकारी विद्यालयहरुमा शिक्षक, विद्यार्थी तथा नेतृत्वलाई आवश्यक तालिम, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक अध्ययन अनुसन्धान गर्ने रिसर्चरलाई ग्रान्ट समेत उपलब्ध गराइरहेकाे बिनाेद बाबु ढकाललले बताउनुभयाे।
एडिनकाे कार्यालय बालाजुमा आयाेजित उक्त पुस्तक विमाेचन कार्यक्रममा काठमाडौं उपत्यकाका ५४ जना स्कुल लिडरहरुकाे सहभागिता रहेकाे थियाे।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्