तातोपानी कुण्डमा डुबुल्की (फोटोफिचर)
मङ्सिर १४ गते । म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका–४,सिङ्गास्थित मुलबाट निस्कने ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको तातोपानी कुण्डमा स्नान र डुब्दा ग्याष्टिक, बाथरोग, युरिकएसिड, हाडजोर्नी तथा मांसपेशीको दुखाई, सड्किएको, मर्किएको, घाउखटिरा, रुघाखोकीलगायत चिसोबाट स्वास्थ्यमा देखापर्ने सबैखाले रोगहरु निको हुने विश्वास कारण बिरामीहरु म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, काठमाडौैं, रुपन्देही, चितवनसहित विभिन्न ठाउँबाट बिरामी, सर्वसाधारण तथा पर्यटकहरु तातोपानी आउने गर्दछन् ।
नसासम्बन्धी रोगले सताएपछि निको हुने विश्वासले तातोपानी डुब्न आएको बागलुङको तमानखोला गाउँपालिका–४,लाम्मेला र मालिका गाउँपालिका–७, बिमबाट आउनुभएका गोपाल हमैलले बताुभयो ।
ढाड दुख्ने समस्या निको हुने विश्वाससहित तातोपानी कुण्डमा डुब्न आएको रुपन्देहीबाट आउनुभएको हिरादेवी रेग्मीले बताउनुभयो । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा पछिल्लोपटक स्नान गर्नेहरुको सङ्ख्या दैनिकजसो बढेको तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
उहाँका अनुसार अहिले दैनिक करिब साढे तीन सय जना स्नान र डुब्न आउने गरेका छन् । वर्षातको समय बाहेक अन्य बेला यहाँ सर्वसाधरण तथा बिरामीहरु स्नान र डुब्न आउने गर्दछन् ।
नियमित नुहाउनेहरु एक हप्तासम्म बस्ने गर्दछन् । तातोपानी कुण्ड परिसरभित्र ठुलो कुण्डमा बिहान ६ देखि साँझ ५ बजेसम्म र सानो कुण्डमा बिहान ६ देखि बेलुकी ९ बजेसम्म खुल्ला रहने समय तालिका छ । एक हप्तासम्म नियमित स्नान गर्नेहरुलाई तीनसय ५० रुपियाँ र दैनिक रुपमा आउने बिरामी, सर्वसाधारण तथा पर्यटकलाई भने एक सय रुपियाँ शुल्क लिने गरिएको छ । जिल्लाको मालिका गाउँपालिकाबाहेक अन्य पाँचवटा स्थानीय तहमा जिल्लाभर हालसम्म कुल १४ वटा तातोपानीका मुहानहरु भेटिएको पाइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्