कीर्तिपुर र काठमाडौं १६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै आयोगका दुई टोली परिचालन
काठमाडौं । उपनिर्वाचन हुन लागेका कीर्तिपुर नगरपालिका र काठमाडौंको १६ नम्बर वडामा निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै निर्वाचन आयोगले अनुगमन सुरू गरेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुगमनका लागि पठाएको हो ।
कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा टोली खटाइएको छ । टोलीमा आयोगका सहसचिव डा. थानेश्वर भुषाल, उपन्यायाधीवक्ता केदार अधिकारी र सशस्त्र प्रहरी बलका डीएसपी अशोक न्यौपाने रहेका छन् । टोलीले पहिलो चरणको कारवाही अघि बढाइसकेको छ ।
काठमाडौं वडा नम्बर १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ । टोलीमा सशस्त्रका एसएसपी दिग्विजय सुवेदी, आयोगको सहसचिव सीता पुन, प्रहरीका एसपी सञ्जय सिंह थाा रहेका छन् ।
आगामी १६ मंसिरमा हुने उपनिर्वाचनको प्रचारप्रसारका क्रममा विभन्न दल र उम्मेदवारले ती स्थानमा आचारसंहिता विपरितका क्रियाकपाल गरेको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्