सहकारी समस्या तत्काल समाधान गरियोस् : व्यापारी
काठमाडौं, मङ्सिर ९ गते । साना तथा मझौला व्यापारीहरुले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंको न्युरोड क्षेत्रमा व्यापार/व्यवसाय गर्दै आएका उनीहरुले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सहकारी क्षेत्रमा आएको सङ्कटका कारण पनि आफूहरुको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् ।
व्यापारीहरुले वैदेशिक रोजगारीमा जानेहरुको लर्कोले पनि व्यापार दिनप्रतिदिन घट्दै गइरहेको बताए । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष बैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठुलो नकारात्मक असर परेको गुनासो गर्नुभयो ।
उपाध्यक्ष दाहालले भन्नुभयो, ‘‘बजारको अवस्था निराशाजनक छ । यसको मुख्य कारण सहकारीमा आएको समस्या नै हो । यसका कारणले बजारलाई धेरै असर गरेको छ । सहकारीबाट हाम्रो कारार भइराखेको थियो । यहाँ ९० प्रतिशत व्यापारीको कारोबार सहकारीबाट छ । तर अहिले सरकारीमा समस्या आएपछि यसले होलसेल बजारलाई धेरै असर गरेको छ । बैंकले पनि ठुला व्यापारीहरुलाई मात्रै सहज ढङ्गले ऋण दिने अवस्था छ । तर साना र मझौला व्यापारीहरुलाई भने लोन लिन नै कठिन छ ।’’
उहाँले सो समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गर्नुभयो ।
‘‘बैंक तथा सहकारीले व्यवसायीलाई लगानी गरिदियो भने व्यापार गर्न सजिलो हुन्छ । सबैलाई उठन सजिलो हुन्छ । व्यवसायीको अभिभावक भनेको सरकार हो । ऊ चनाखो भइदिनु पर्दछ । दुःखमा, पीडामा, मर्कामा परेका व्यवसायीलाई सरकारले हेरिदियो भने मात्रै उनीहरुले केही गर्न सक्छन् ।’’ उहाँले भन्नुभयो ।
पुस्तक व्यापारीहरु पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेशिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशतभन्दा बढी घटेको बताउनुभयो । पढ्ने उमेरका युवाहरु विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वभाविकै हुने उहाँको बुझाइ थियो ।
‘‘अहिले धेरैजसो युवाहरु प्लस टु सकिएपछि बाहिर जाने होड चलेको छ । अहिलेसम्म भन्ने हो भने हाम्रो स्कुल लेवल र कलेजको ११, १२ सम्म त ठिकठिकै जस्तो छ । तापनि सन्तोषजनक छैन ।,’’ खत्रीले भन्नुभयो, ‘‘अब स्नातकको भन्ने हो भने जिरो नै छ । नयाँ वा पुरानो जुन पुस्तक पनि चार÷पाँच सेटभन्दा बढी बिक्री हुने अवस्था छैन । पुरानो पुस्तक पनि ५० प्रतिशतभन्दा कम व्यापार हुने गरेको छ पहिलाो तुलनामा अब अहिलेको व्यापार निराशाजनक छ भन्नुपर्छ ।’’
ुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरुले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरुको व्यापार नभएको बताएका छन् । जुत्ता लगाउने युवा उमेरका मानिसहरु विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दाबा सुज एण्ड फेसन सेन्टरका सञ्चालक छावाछिरिङ लामाको अनुभव छ । उहाँले बजारमा ग्राहकको नै अभाव देखिएको पनि बताउनुभयो ।
लामाले भन्नुभयो, ‘‘अहिले ग्राहकको फ्लो धेरै कम छ । महाबौद्धको पसलमा हामी यसरी खाली हात बस्ने त होइन नि । पहिला पहिला यतिखेर बजार प्याक हुन्थ्यो । कस्टम्बरसँग बोल्नका लागि फुर्सद नै हुदैन्थ्यो । अहिले त रिटेलभन्दा पनि होलसेल बजारको अवस्था नाजुक भइसक्यो । नेपालमा अब जुत्ता लगाउने मान्छेनै छैनन । सबै बाहिर कुद्ने बाहेक अरु कोही छैन । अहिले नेपालमा २५ प्रतिशत पनि जुत्ता लगाउने छ कि छैन भन्ने अवस्था छ ।’’
भूकम्प र कोभिड महामारीपछि आफूहरुको व्यापार खस्कँदै गएको नमूना फेसन कलेक्शनका नवराज गौतमले बताउनुभयो ।सहकारीको बचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको उहाँको भनाइ छ ।
गौतमले भन्नुभयो, ‘‘पहिलाको जस्तो चहलपहल छैन, बजार सुनसान छ । मन्दीका कारण यस्तो भयो भन्छन् । भूकम्प, कोभिडपछिबाट नै यस्तै छ । गत वर्षको भन्दा यस वर्षको व्यापार आधी पनि छैन । धेरै कम छ । मन्दी छ । फाईनान्समा डिपोजिट गरिएको पैसा दिएको छैन पनि भन्छन् । त्यसैले पैसा हुँदैन । समस्या छ ।’’
व्यापारीहरुकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरुलाई व्यवसायमैत्री बनाउन सकेमात्रै ुलुमा व्यापार व्यवसाय फस्टाउने भएकाले स काममा सरकारले विशेष ध्यान दिनुपर्दछ ।
राष्ट्रिय व्यापार संघका उपाध्यक्ष दाहालले बैंकहरुले ठुलो व्यापारीहरुलाई मात्रै लोन दिने भएकाले पनि आफूहरु मारमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारले आफूहरुको संरक्षण हुनेगरी कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्