रोजगारी नपाएपछि बिदेसिन बाध्य
मङ्सिर ९ गते । आफ्नो देशमा रोजगारी नपाएपछि गाउँघरका युवा भारत पलायन हुन बाध्य छन् । चाडपर्वलक्षित घर फर्किएका गाउँबस्तीका युवा स्थानीय मेला जात्रा सकिएपछि भारत जान थालेका हुन् ।
गाउँमा रोजगारीको अवसर नहुँदा जीविकोपार्जनमा समस्या आउने भएपछि अधिकांश युवा तथा सर्वसाधारण भारत जाने गर्छन् । कोही भारत गएका छन् भने कोही उच्च शिक्षाका लागि सुर्खेत, नेपालगन्ज, काठमाडौँ, पोखरा, चितवनलगायतका सहर गएका छन् । गाउँघरमा महिला, वृद्धवृद्धा र बालबालिका मात्रै छन् ।
भेरी नगरपालिका–१३ का झुपबहादुर रावतका अनुसार बाह्रै महिना गाउँघरमा रोजगारी नपाउने भएपछि यहाँका बासिन्दा भारत जाने गर्छन् । स्थानीय तहले रोजगारीको अवसरसँगै सिप विकास गरी आत्मनिर्भर बनाउने कार्यक्रम तय नगर्दा दुई महिनाको श्रम रोजागरीले नपुग्ने भएपछि भारत जान थालेको रावतले बताउनुभयो । सो वडाबाट करिब एक सयभन्दा बढी सर्वसाधारण भारत गएको जनाइएको छ ।
भेरी नगरपालिका–११, कटिगाउँ दलित समुदायको बाहुल्यता रहेका बस्ती हो । सो गाउँका करिब दुई सयभन्दा बढी बासिन्दा भारत पलायन भएका छन् । गाउँमै बसे बिहानबेलुकाको छाक टार्न मुस्किल देखेपछि कमाउनका लागि परिवार छोडेर मुग्लान पस्नु परेको भेरी नगरपालिका–११, कटिगाउँका हेमन्त नेपालीले बताउनुभयो । खेतीयोग्य जमिन पर्याप्त नहुँदा, १२ महिना रोजगारीबाट जीविकोपार्जन गर्ने गरेका सर्वसाधारण कामको सिलसिलामा भारतमा पसिना बगाउने गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्