Techie IT
बुधबार, कात्तिक २६,२०८३

निजामती प्रशासनलाई सेवामैत्री प्रविधिमैत्री बनाउन मन्त्री अमन मास्केको जोड


काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौको टोखामा स्थानिय तह कर्मचारी संघको तेस्रो पूर्ण बौठकबलाई सम्बोधन गर्नुहुँदैै मन्त्री मास्केले यस्तो बताएका हुन । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ । निजामती सेवाको परम्परागत कामको तौरतरिकालाई आधुनिकीकरण गर्दै लैजान प्रविधिको प्रयोगमा मन्त्री मास्केको जोड छ।

‘हाम्रा परम्परागत कामको तौरतरिकालाई आधुनिकीकरण गर्दै लैजान आवश्यक छ’, उनले भने, ‘हामी लामो समयदेखि एउटै प्रक्रिया र पद्धतिबाट सञ्चालित हुँदा सार्वजनिक सेवा प्रवाह जनमुखी बन्न सकेको छैन । त्यसैले सबै क्षेत्रमा प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई सहज र सरल बनाउनु आवश्यक छ ।’

निजामती प्रशासन सेवाका कर्मचारीलाई जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहलाई सहज र सरलीकृत बनाउन सुझाव दिए । ‘कर्मचारीले शासकको व्यवहार गर्छन् भन्ने सोच बदलेर हामी सेवाग्राहीको पक्षमा छौँ, शासक होइनौँ भन्ने विश्वास दिलाउन जनताले अनुभूति गर्ने गरी अगाडि बढनुपर्छ’, उनले भने ।

निजामती सेवालाई कार्य सम्पादनमुखी कर्मचारीतन्त्रका रूपमा परिवर्तन गर्न आफू लागि पर्ने बताए । प्रशासन क्षेत्रलाई अब्बल, सक्षम र सबल बनाउन आफू प्रयासरत रहेको उनको भनाइ छ ।
यस्तै उहाँले बागमती प्रदेश अन्र्तगत निजामती कर्मचारीहरुको समस्या समाधान र नितिगत संशोधनका लागी सक्दो सहयोग गर्ने बताउनुहुँदै निजामती सेवा सार्वजनिक प्रशासनको आधारस्तम्भ भएको हुनाले यसले समग्र सार्वजनिक सेवा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताएका छन ।

कर्मचारीतन्त्रमा देखिएको अन्योल हटाइ सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्