बर्दिवास साहित्यले मनायो लक्ष्मी जयन्ती
बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानले लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती एक कार्यक्रम गर्दै सफलतापूर्वक मनाएको छ ।
यही मिति २०८१ साल कार्तिक १५ गते बिहीबारको दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६३ औं अङ्क विशेष ११६ औं लक्ष्मीप्रसाद देवकोटा जयन्ती यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

यस प्रतिष्ठानका बाल कवि दशक बलम्पाकीले सञ्चालन गरेको उक्त कार्यक्रम लक्ष्मीप्रसाद देवकोटाको फोटोमा टीका र फूल लगाई सुरु भएको थियो ।
सो कार्यक्रममा शुभकामना मन्तव्य दिने स्रष्टाहरूमा बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्रसाद काफ्ले, साहित्यप्रेमी नवलकिशोर महतो, जनसांस्कृतिक महासङ्घ केन्द्रीय सदस्य विमला विक, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष प्रेम घिमिरे, प्रलेस केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए ।

प्रतिष्ठानका प्रचारप्रसार विभाग प्रमुख जीवनराज दाहाल र आख्यान विभाग प्रमुख लिलानाथ गौतमले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । समग्रमा भन्दा देवकोटा नेपाललाई विश्वभरि चिनाउने व्यक्ति भएको कुरा समेत चर्चा गरेका थिए ।

यस कार्यक्रममा विभिन्न लयका गीत, कविता, कोपिला वाचन गरिएकोमा केही देवकोटाले लेखेका कविता पनि वाचन गरिए । वाचन गर्ने स्रष्टाहरूमा मनिष महतो, दशक बलम्पाकी, रसिक पौडेल, सागर आले, नवल किशोर महतो, मोनालिसा बलम्पाकी, विश्वास अभियान, अग्नि कवच, विमला विक, पवनकुमार वाग्ले र जीवनस्पर्शी थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६३ औं शृङ्खला विशेष सम्पन्न ११६ औं देवकोटा जयन्तीमा उपस्थिति अतिथि लगायत सम्पूर्ण साहित्य अनुरागीहरूमा आभार व्यक्त गरेका थिए । साथै देवकोटाले नेपाली साहित्यमा गरेको योगदानको समेत सामान्य चर्चा गरेका थिए भने, नेपालीहरूको महान पर्व तिहार (दीपावली) नेपाल संवत् ११४५ र छठ पर्वको सबैमा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।
सो कार्यक्रम श्री देउराली मावि बर्दिबास – १, महोत्तरीको सभाहलमा सम्पन्न भएको थियोे ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्