संखुवासभाका क्लबलाई कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष न्यौपानेले दिए खेलकुद सामग्री
खाँदबारी । कोशी प्रदेश फुटबल समितिका उपाध्यक्ष शिव न्यौपानेले संखुवासभाका फुटबल क्लवहरुलाई खेलकुद सामग्री उपलब्ध गराएका छन् । खाँदबारीमा एक कार्यक्रमको आयोजना गरि जिल्ला फुटबल संघमा आवद्ध १८ क्लवलाई फुटबल र टिसर्ट उपलब्ध गराएका हुन् ।
संखुवासभाका ८ वटा ए डिभिजन फुटबल क्लव र १० वटा बि डिभिजन क्लवहरुलाई दुई दुई थान फुटबल र एक एक थान टिसर्ट उपलब्ध गराएको हो । क्लवहरुसँगै खेलकुद सम्बद्ध विभिन्न ब्यक्तिहरु तथा संस्थाहरुलाई समेत टिसर्ट उपलब्ध गराएका छन् ।
खाँदबारी स्थित होटल होराईजनमा खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यता तथा एन्फा लिग कमिटिका उपाध्यक्ष गौरिमान राईको विशेष उपस्थितिमा खेलकुद सामग्री वितरण गरिएको हो । जिल्ला फुटबल संघको संयोजनमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महेश थपलियाले खेलकुद सामग्री उपलब्ध गराएकोमा आभार ब्यक्त गरेका छन् । यो कार्यले जिल्लाका खेलालीहरुलाई हौसला मिल्ने उनले बता । फुटबल खेलाडीहरुका लागि जिल्लामा प्रशिक्षकको आवश्यकता रहेकोले सम्बन्धित निकायबाट उपलब्ध हुने प्रशिक्षणमा संखुवासभालाई पनि विशेष महत्व राख्नु पर्ने समेत थपलियाले बताए ।
फुटबल संघ कोशी प्रदेशका उपाध्यक्ष न्यौपानेले गत बर्ष पनि खेलकुद सामग्री उपलब्ध गराएका थिए। खाँदबारी नगरपालिका ३ घर भएका न्यौपाने विगतमा एड्भान्स क्लव मानेभञ्ज्याङमा आवद्ध थिए ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्