नवौ अरुण भ्यालीकपको उपाधी धर्मबेबीलाई (फोटो सहित)
खांदबारी । संखुवासभाको खाँदबारीमा जारी नवौ अरुण भ्याली फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या युवा क्लबले जितेको छ । विपक्षी टिम चुलाचुली युथ क्लव धनकुटालाई पराजित गर्दै पञ्चकन्याले उपाधि जितेको हो ।

पञ्चकन्याले चुलाचुलीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । चुलाचुलीका लागि खेलको पहिलो हाफमा सपन कार्कीले गोल गरेका थिए । पहिलो हाफमा चुलाचुलीको दबावमा रहेको पञ्चकन्या दोश्रो हाफमा भने शसक्त खेल प्रदर्शन गरेको थियो । पञ्चकन्याको लागि जिवन मगरले २ गोल गर्दै टिमलाई च्याम्पियन बनाएको हो ।

फाईनल खेलमा आफ्नो टिमका लागि दुई गोल गरेका पञ्चकन्याका जिवन मगर म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगितामा पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लवमा जोन ग्लोरी सर्वाधिक गोलकर्ता घोषित भएका छन् । उनीहरु दुवैले प्रतियोगिता भरि ३,३ गोल गरेका थिए । त्यस्तै उत्कृष्ठ गोल रक्षक चुलाचुलीका निकेश सुनदास घोषित भएका छन् भने सर्वोत्कृष्ठ खेलाडी पञ्चकन्याका जिवन मगर घोषित भएका छन् ।
प्रतियोगिताको विजेता पञ्चकन्या फुटबल क्लवले नगद २ लाख रुपैयाँ सहित शिल्ड र मेडल प्राप्त गरेका छन् । पञ्चकन्या गत बर्षको उपाधि विजेता क्लव हो । गत बर्षको फाईनल खेलमा पनि तीनपोखरी क्लवलाई हराएर च्याम्पियन बनेको थियो । त्यस्तै उपविजेता बनेको चुलाचुली युथ क्लवले नगद १ लाख रुपैयाँ सहित शिल्ड र मेडल प्राप्त गरेको छ । सेमिफाईनल खेल्ने सेकाहा सामुदायिक विकास क्लव र सभापोखरी फुटबल क्लवले २५,२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापन कार्यक्रम एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईको अध्यक्षता तथा कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सभा सदस्य राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । समापन कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, खेलकुद संघसंस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा एड्भान्स क्लवको फुटबल टिमको पुर्व कप्तान अरुण भगत श्रेष्ठलाई सम्मान गरिएको छ । क्लवको कप्तान भई गरेका योगदान तथा उपलब्धिको उच्च मुल्याङ्कन गर्दै क्लवले श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठलाई प्रमुख अतिथी राजेन्द्र कार्कीले सम्मानपत्र तथा दोसल्लाहले सम्मान गरेका थिए । सम्मानित श्रेष्ठ दुर्घटनामा परि हाल अश्वस् छन् ।
समापन कार्यक्रममा प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई समेत कदर पत्रले सम्मान गरिएको थियो ।
कार्तिक ७ बाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा संखुवासभाका ९ र बाहिरका ३ गरि १२ टिमको सहभागिता रहेको थियो ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्