झिलीमिली बत्तीको बिक्री घट्यो
काठमाडौँ, कात्तिक १३ गते । तिहारमा प्रयोग हुने विद्युतीय झिलीमिली बत्तीको आयात घटेको छ व्यवसायीले तिहारलक्षित २० करोड रुपियाँ बराबरको झिलीमिली बत्ती आयात गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार विगतका वर्ष तिहारमा ५० करोड रुपियाँको यस्तो सामान आयात गरिएको थियो ।
तिहारको समयमा घरआँगन झिलीमिली बनाउन यस्ता विद्युतीय सामग्रीको प्रयोग हुन्छ । माग कम हुने आकलनमा विद्युतीय बत्तीको आयात आधाभन्दा बढीले घटेको नेपाल विद्युतीय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष महेन्द्रकुमार राठीले जानकारी दिनुभयो । “सबैतिर मागमा सङ्कुचन आएका कारण झिलीमिली बत्तीको माग पनि कम हुने आकलनमा व्यवसायीले आयात कम गरेका हुन्,” उहाँले भन्नुभयो । यस्ता बत्तीको आयात ९५ प्रतिशत चीनबाट हुने गरेको छ । नयाँ घरहरू निर्माण नभएको र गत वर्ष बिक्री नभएको मौज्दात सामान पनि बजारमा रहेकाले पनि आयात कम भएको उहाँको भनाइ छ ।
बाढीपहिरोका कारणले तातोपानी नाका बन्द हुँदा केही सामान रोकिएकाले बजारमा आउन ढिलाइ भएको व्यवसायीको भनाइ छ । चीनबाट आयात हुने ओखर, फलफूल, झिलीमिली बत्तीलगायतका सामग्री आयातमा समस्या रहँदै आएको छ । तिहारमा व्यापारव्यवसाय फस्टाउने आशामा बसेका व्यवसायीलाई विद्युतीय बत्तीको माग कम हुँदा निराश बनेका छन् । महाबौद्धमा विद्युतीय सामानको व्यापार गर्दै आउनुभएका रमेश पोखरेल बजारमा माग कम हुँदा तिहारलक्षित ल्याएका सामानको व्यापार बढ्ने नदेखिएको बताउनुभयो । “विगतका वर्षमा तिहार आउन एक साताअघिदेखि नै सामान खोज्न ग्राहक आउने गरेका थिए,” उहाँले भन्नुभयो, “अहिले भने तिहार आउन दुई दिन बाँकी रहँदा पनि फाट्टफुट्ट मात्र ग्राहक आउँछन् ।”
व्यवसायीका अनुसार तिहारमा एक सयदेखि तीन सय लिडको झिलीमिली बढी खपत हुन्छ । व्यवसायी अनुसार एक सय लिडको मूल्य १४० रुपियाँ पर्छ । यस्तै वाटर फ्लस बत्तीको चार सयदेखि पाँच सय रुपियाँ पर्ने गर्छ । बिजुलीको दियोको मूल्य डेढ सय रुपियाँ रहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्