Techie IT
बुधबार, कात्तिक २६,२०८३

संखुवासभाको चिचिलामा पुरुषको हत्या


संखुवासभाको चिचिलामा पुरुषको हत्या

खाँदबारी, १० कार्तिक । संखुवासभाको चिचिला गाउँपालिका ४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । सामान्य बिवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार हत्या गरेको डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।

हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएका प्रहरीले हत्यामा संलग्न दुर्गामायालाई नियन्त्रणमा लिइसकेको छ ।

उनको साथबाट धारिलो खुकुरी पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

                                      ——–


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्