खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने
गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ । नगरपालिकाले महिला र नवजात शिशुको संवेदनशीलतालाई दृष्टिगत गरेर बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स तथा पौष्टिक आहार प्रदान गर्ने भएको छ । आमा र बच्चालाई स्वास्थ्य र कुपोषित हुनबाट बचाउन बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल पोषण पोको कार्यक्रम’ ल्याएको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।
बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमालाई बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट रुपमा नगद तीन हजार उपलब्ध गराइने प्रमुख खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिका र आमालाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा खरिद गर्ने सहयोग पु¥याउने उद्देश्यका साथ आव २०७६÷७७ को नीति नगर परिषद्ले पारित गरेको छ ।” बाल पोषण पोका कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । सुरक्षित प्रसूति सेवा गराउनेलाई निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।
आमा र बच्चा दुवै ज्यान सुरक्षित बनाउन सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको उहाँको भनाइ छ । नगरपालिकाले नगरभित्र बसोबास गर्न गर्भवती भएका आमालाई बर्थिङ सेन्टरसम्म पु¥याउनका लागि निःशुल्क एम्बुलेन्ससमेत प्रदान गरिएको प्रमुख खतिवडाको भनाइ छ । खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य तीनवटा बर्थिङ सेन्टरहरु भए पनि जिल्ला अस्पतालमा मात्र दक्ष चिकित्सक उपलब्ध छन् ।
नगरभित्र तुम्लिङटार, सेकाहा र शीतलपाटीमा बर्थिङ सेन्टर छन् । सडक सञ्जाल जोडिएका जुनसुकै स्थानका गर्भवतीलाई नगरपालिकाकै एम्बुलेन्स निःशुल्क सेवा प्रदान गर्न कार्यविधिसमेत बनाइएको छ । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अन्य जो कोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्चबापतको भुक्तानी नगरपालिकाले व्यहोर्नेसमेत नगरप्रमुख खतिवडाले बताउनुभयो ।
उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । यो कार्यक्रमका लागि चालू आवमा रु ६ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खाँदबारी नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्