सामाखुसी यातायातले थप्यो ७ करोड खर्चेर १५ वटा बस
काठमाडौंको उत्तरी क्षेत्रका यात्रुहरूलाई प्राथमिकता
काठमाडौं । यातायात कम्पनी सामाखुसी यातायात प्रालिले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ ।
सोमबार टोखा नगरपालिका वडा नम्बर ३ स्थित भत्केको पुलमा आयोजित एक कार्यक्रमका बिच ती बस उद्घाटनको घोषणा गरिएको छ ।
कार्यक्रममा सामाखुसी यातायातका अध्यक्ष सानु काजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका यात्रुहरूको सेवालाई मध्यनजर गर्दै १५ वटा बस थपेको जानकारी दिए । उनका अनुसार १५ वटा बस खरिदमा करिब ७ करोड लगानी भएको छ ।

थपिएका बसहरू काठमाडौंको उत्तरी बेल्टमा पर्ने मनमैजु–लोकतान्त्रिक चोक–नयाँ बसपार्क–जमल–एनएसी हुँदै सोही रुट फर्किनेछन् । यस्तै झोर बसपार्क टोखा–सामाखुसी चोक हुँदै जमल–रत्नपार्क पुगेर सोही रुटबाट फर्किनेगरी व्यवस्था मिलाइएको उनले बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका योगेन्द्र नाथ कर्माचार्य, उपाध्यक्ष रामप्रसाद सुवेदीसहित, कांग्रेस महासमिति सदस्य सुशील भट्ट, नेविसंघका केन्द्रीय सदस्य सुवास घिमिरेलगायतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा







तपाईको कमेन्ट लेख्नुहोस्