रवि लामिछाने पक्राउ परेपछि पोखरामा निषेधाज्ञा जारी
कार्तिक । कास्की जिल्लाको पोखरामा जिल्ला प्रकाशन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता र सहकारी पीडितको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले पाँचजना भन्दा बढी भेला हुन निषेध गरेको छ । “पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,” सूचनामा भनिएको छ ।
प्रशासनले शहिदचोक आसपासका क्षेत्रमा पूर्व तर्फ वाई चोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिम तर्फ, फिस्टेल गेट (वैदाम), उत्तर तर्फ मालपोत कार्यालय, कास्की दक्षि तर्फ मुस्ताङ्ग चोक, दक्षिण पश्चिम तर्फ पर्यटन वोर्डको कार्यालय अगाडी र गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोक देखि नविन मा.वि. सम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्