Techie IT
बुधबार, कात्तिक २६,२०८३

लोकतान्त्रिक क्लबद्वारा बडा दशैं विशेष कार्यक्रम सम्पन्न 


 

भीमसेन थापा ०३ गोरखामा रहेको चिरपरिचित च्यारिटी संस्था श्री लोकतान्त्रिक क्लबको बडा दशैँ २०८१ विशेष कार्यक्रम सम्पन्न भएको छ । फूलपातीको दिन आयोजित उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष प्रदीप खनाल (आइजी) ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा भीमसेन थापा गाउँपालिका उपाध्यक्ष अमृता भट्ट वस्ती, विशिष्ट अतिथिका रुपमा वडा नं ३ का अध्यक्ष ऋषिराम लामिछाने, तथा पूर्व वडा अध्यक्ष लिलानाथ लामिछाने क्लबका सल्लाहकार रमेश खनाल र भिमोदय बहुमुखी क्याम्पस प्रमुख डा. वीरेन्द्र पुडासैनी विशेष अतिथि रहनु भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका पूर्व अध्यक्ष बद्री प्रसाद लामिछाने ले लोकतान्त्रिक क्लब को स्थापना वर्ष २०६४ देखि हालसम्म भए गरेका क्लबका उदाहरणीय गतिबिधि हरु को चित्रण गर्नुभयो भने प्रमुख अतिथि अमृता भट्ट वस्तीले लोकतान्त्रिक क्लबले गरेका काम हरुमा खुसी व्यक्त गर्दै पालिकाक तर्फबाट गर्नुपर्ने सहयोग मा कमी हुन नदिने प्रतिबद्धता जनाउनु भयो।

विशिष्ट अतिथि वडा अध्यक्ष ऋषिराम लामिछानेले संस्था लाई धन्यबाद दिँदै क्लबको सामाजिक परिवर्तन को यात्रामा आफू सन्तुष्ट रहेको र वडाको साथ सहयोग सधैं रहिरहने बताउनु भयो।

विशेष अतिथि डा. वीरेन्द्र पुडासैनी ले यस्तो क्लब अब गाउँघरमा खोजेर नपाउने भन्दै सामाजिक हितका लागि सदैब अघि बढ्न सुझाब दिनुभयो। साथै केही दिनलाई भएपनि विपन्न को अनुहार मा उज्यालो दिन देश बिदेश बाट आर्थिक सहयोग गर्नुहुने ती महान मनहरु प्रति पनि धन्यबाद अर्पण गर्नुभयो। विपन्न राहत वितरण, उत्कृष्ट बिद्यार्थी प्रोत्साहन, भाले टिपाई, लोटरी उपहारहरु, नृत्य, गायन लगाएत विविध मनोरञ्जनात्मक कार्यक्रम हरुमा पूर्व निर्धारित जेष्ठ नागरिक सम्मान कार्यक्रम लाई पछि विशेष रुपमा गर्ने गरी स्थगन गरिएको थियो।

कार्यक्रम लाई सफल बनाउन गोरखा क्षेत्र नं १ का संघीय सांसद राजेन्द्र बजगाईं, सुनेरा नेपाल का प्रबंध निर्देशक सन्त बहादुर कोइराला (सन्तोष), किशोर अफसेट प्रा ली, अंगिर बाबु दाहाल (हाल अष्ट्रेलिया), विष्णु खनाल (हाल अष्ट्रेलिया), रमेश खनाल, शिशिर बञ्जारा, अरुण खनाल (हाल जापान), प. लेखनाथ खनाल, इन्जिनियर दुर्गा प्रसाद ढकाल, नेत्र खनाल (हाल अमेरिका), सुगभ बञ्जारा (हाल क्यानाडा), रोशन खनाल (हाल जापान), नबिन्द्र दाहाल (हाल साउथ कोरिया), मोदनाथ खनाल (हाल क्यानाडा), शैलेश लामिछाने र विष्णु कुमार लामिछानेले रु. ५००० भन्दा बढी सहयोग गरी विशेष योगदान पुर्यउनु भएको थियो भने अन्य धेरै शुभ चिन्तक महानुभाव हरुले आफूले चाहेको रकम सहयोग गरेर कार्यक्रमलाई थप उर्जा प्रदान गर्नुभएको थियो। कार्यक्रममा समाजका विभिन्न विधामा योगदान पुराउनुहुने व्यक्तिहरु र चन्दा दाता हरुलाई कदर पत्र वितरण गरिएको थियो भने करिब २२ जना नयाँ सदस्यहरूलाई औपचारिक रुपमा क्लबको सदस्यता दिइएको थियो। कार्यक्रमलाई समापन गर्दै क्लबका अध्यक्ष प्रदीप खनाल (आइजी) ले कार्यक्रम लाई सफल बनाउन सहयोग गर्ने ती विशाल मनहरु प्रति र सहभागिता जनाएर साथ दिनुहुने सम्पूर्णमा आभार प्रकट गर्दै उहाँहरुको सहयोगलाई त्यसको तीन गुणा भन्दा माथि सम्झिएर बेटर कम्युनिटी निर्माण मा अग्रसर हुने बताउनुभयो।

यसै गरी पर्याप्त समय नपुगेको कारण रोकिएको जेष्ठ नागरिक सम्मान कार्यक्रमको छिट्टै स्केजुल निकाल्ने र आगामी दिनमा खेलकुद सम्बन्धी कार्यक्रम को योजना बनाउने पनि जानकारी दिनुभयो। उक्त कार्यक्रम लाई क्लब का पूर्व सचिव एबम् शिक्षक सन्दिप खनाल (दीपसन) ले सञ्चालन गर्नुभएको थियो।

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्