धार्मिक पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गह्रौंसुर मन्दिर
असोज ३० गते । गह्रौंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रशिद्ध स्थलमध्ये एक हो । यो धार्मिक र सांस्कृतिक महत्त्व रहेको यो मन्दिरको छुट्टै इतिहास रहेको छ । यहाँ बडादसैँको नवदुर्गामा मन्दिरमा पूजा गर्नेहरुको बाक्लो उपस्थिति रहने गर्दछ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म एकादशी र चौथीबाहेकका दिन विशेष पूजा हुने गर्दछ ।
वालिङ नगरपालिकाको वडा नम्वर ८ र १० मा पर्ने गह्रौंसुर गल्याङ नगरपालिकासँग जोडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि कच्ची र पक्की गरी १० किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ ।
चौविसे राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिका मन्दिरको स्थापना गरेको मानिन्छ । गह्रौंसुर समुद्र सतहदेखि झण्डै १६ सय मिटरको उचाइमा अवस्थित छ । यहाँबाट स्याङ्जाका अधिकांश भागकासाथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका छिमेकी जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्व रहेको गह्रौंसुरबाट उत्तरतर्फको हिमशृङ्खला देख्न सकिन्छ ।
पछिल्लो समयमा मन्दिर वरपर गरिएको व्यवस्थापनले धार्मिक आस्थावान एवम् पर्यटकहरुका लागि जिल्लाकै आकर्षक गन्तव्यकारुपमा विकशित हुँदै आएको छ । योसँगै वालिङकै एक महत्त्वपूर्ण पर्यटकीय स्थल समेत बनेको छ ।
गएको वर्षहरुको तुलनामा यो पटकको दसैँमा धेरै भक्तजनहरुले मन्दिरको दर्शन गरेका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो । सहज सडक र मन्दिरको स्वरुप परिवर्तनले यो क्षेत्रको भ्रमण र मन्दिरमा पूजा गर्नेको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।
पछिल्लो समय भगवती र कालिकादेवीको मन्दिर निर्माण गरिएको छ । सुविधासम्पन्न अतिथि गृह र खानेपानीको सहज उपलब्धता रहेको छ । यहाँको ऐतिहासिक महत्त्व झल्किने कोतघर निर्माण, धर्मशाला, चमेना गृह, शौचालय, पक्की सडक तथा पदमार्गको समेत सुविधा रहेको छ । यसैगरी, आकर्षक प्रवेशद्वार, दृश्यावलोकन केन्द्र, मन्दिर परिसरमा ढुङ्गा तथा टायल लगाएको सफा र सुन्दर भएकाले भक्तजनहरुको विशेष आर्कषणको रुपमा रहेको कोषाध्यक्ष गुरुङले बताउनुभयो ।
नवनिर्मित थप मन्दिर तथा संरचनाको बुधबार उद्घाटन गरिने मन्दिर समितिले जनाएको छ । यसको तयारी पूरा भएको समितिका कोषाध्यक्ष गुरुङले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्