चिताएको पूरा गर्ने बिजुलीकोट देउता (फोटो फिचर)
असोज २७ गते । प्युठानको ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट मानिन्छ । यहाँ हरेक दसैँको रामनवमीका दिनमा ठुलो मेला (राम) लाग्ने गर्दछ ।
यहाँस्थित (बिजुलीकोटका देउता) खड्ग भगवती देवीसँग मनले मागेका सबै कुरा पूरा हुने जनविश्वास रहिआएको छ । हरेक रामनवमीका दिनमा खड्ग भगवती देवीलाई कोटघरबाट बाहिर निकालेर मौलोको परिक्रमा गराएर दर्शनार्थीलाई दर्शन गर्नका लागि दिनभर मौलोमा राख्ने प्रचलन रहेको छ ।
दुईवटा तरवार आकारका वस्तुमा बाहिरबाट सुन र चाँदीले लेपन गरेका देउतालाई यहाँस्थित पुजारीले हातमा लिएर देउता नचाउने प्रचलन रहेको छ । यहाँका देउता पुजारीको हातबाट आफै दायाँबायाँ घुम्ने र नाच्ने गर्दछ ।
परम्पराकालदेखि नै बिजुलीकोटमा मूल पुजारी मगर जातिका व्यक्ति रहने गरेका छन् । दसैँ टीकाको भोलिपल्ट एकादसीका दिनमा बाजागाजासहित परम्पराकाला तरवार लगायतका हतियार हातमा लिएर सरायँ खेल्ने प्रचलन रहेको छ ।
नवमीका दिनमा दर्शनार्थीले भाकल गरी ल्याएका सयौँ बोका, दर्जनौँ राँगाको बलि चढाइने र परेवा उडाइने प्रचलन रहिआएको छ । मेला भर्नका लागि जिल्लाका विभिन्न स्थान, छिमेकी जिल्ला अर्घाखाँची, दाङ, कपिलवस्तु लगायतबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् ।










क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्