नगदसहित अठार जुवाडे पक्राउ
असोज २३ गते । प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई धनगढीको दुई स्थानबाट पक्राउ गरेको हो ।
जुवाडेको साथबाट ताससहित दुई लाख ४७ हजार रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिका –१३ श्रीलङ्कास्थित जङ्गल र धनगढी उपमहानगरपालिका –५ लब्लीचोकस्थित सौरभ एण्ड सौगात नास्ता पसलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
जङ्गलबाट पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका –२ का ३४ वर्षीय करन विष्ट, धनगढी उपमहानगरपालिका –२ का ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी उपमहानगरपालिका –१ बस्ने ३४ वर्षीय पुष्प विष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया छन् । यस्तै, बैतडीको पाटन नगरपालिका –४ का ३५ वर्षीय सुरेन्द्र विष्ट र कैलालीको गोदावरी नगरपालिका –१ का ४० वर्षीय पदम साउद छन् ।
त्स्तै, सौरभ एण्ड सौगात नास्ता पसलबाट पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –५ का ४३ वर्षीय जागुराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी, ३२ वर्षीय कृष्णदेव चौधरी, ३३ वर्षीय हीरालाल चौधरी, ४७ वर्षीय सुरेश चौधरी छन् । यसैगरी, २३ वर्षीय शिवु चौधरी, २४ वर्षीय सुरेश चौधरी, ३० वर्षीय हरि चौधरी, ३५ वर्षीय स्यामु चौधरी, २६ वर्षीय दीपक चौधरी, २३ वर्षीय रमेश चौधरी र होटल सञ्चालक ४२ वर्षीय मैते डंगौरा थारु पक्राउ परेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्