ट्राफिक प्रहरीको सम्झाउँदै बुझाउँदै अभियान
असोज २३ गते । नवलपुर ट्राफिक प्रहरीले चोक चोकमा चालकलाई रोकेर सम्झाउँदै, बुझाउँदै दसैको शुभकामना दिएर पठाउने अभियान सुरु गरेको छ ।
नारायणघाट–बुटबल सडक खण्डमा अत्यधिक गतिमा सवारी साधान चलाउनेक्रम बढेपछि ट्राफिक प्रहरीले राडर गनमार्फत गति जाँच गरेर बढी गतिमा सवारीसाधन चलाउनेलाई सम्झाई बुझाइ छाड्ने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो ।
सुरुवाती चरणमा चालकलाई जानकारी दिने अभियान भएकाले कारवाही भने नगरिएको उहाँको भनाइ छ । कावासोतीमा मात्र राडर गनमार्फत गति जाँच गर्ने गरिएको र एक हप्ताको अवधिमा पाँच सयभन्दा बढीलाई सम्झाइ बुझाइ गरेर छाडिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले सवारी साधन चलाउँदा आवश्यक कागजात साथैमा बोक्न, मोटरसाइकल चलाउँदा हेल्मेट राम्रोसँग बाध्न, मादक पदार्थ सेवन गरी गाडी नचलाउन, राम्रो बाटो देख्दैमा बढी गतिमा नचलाउन आग्रह गर्दै सवारी चालकलाई शुभकामना दिएर पठाउने गरेको छ । बन्जराका अनुसार हाल जिल्लाभरी ६१ जना ट्राफिक प्रहरी खटिएका छन् ।
नारायणघाट–बुटबल सडक खण्डमा प्रतिघण्टा एकसय ५० भन्दा बढी गाडी गुड्ने गरेको प्रहरी निरीक्षक बन्जराले जानकारी दिनुभयो । दसै तिहारको बेला भने यो संख्या थप बढ्ने गरेको छ । अरु बेला ट्रकको संख्या बढी हुने गरे पनि अहिले भने यात्रुवाहक गाडीको संख्या बढी हुने गरेको बन्जराले बताउनुभयो ।
बाटो विस्तारको काम नसकिएकाले प्रहरीले सडकमा भएका सिसिटिभीलाई पूर्ण प्रयोगमा ल्याउन नसकेको जनाएको छ । अहिले अन्य ठाउँका सिसिटिभी झिकेर गैँडाकोट र दुम्किबासमा मात्र प्रयोगमा राखिएको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ट्राफिक प्रहरीको सम्झाउँदै बुझाउँदै अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्