थारु गाउँमा सखियाको रौनक (फोटो फिचर)
असोज २२ गते। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरस्थित थारु गाउँमा सखिया नाचको रौनक बढेको छ।
दसैँको चहलपहलसँगै थारु बस्तीमा सखिया नाचको रौनक बढेको हो। यो समुदायमा विशेष गरेर दसैँमा सखिया नाच नाच्ने गरिन्छ। दसैँको बेला गाउँको रौनकता बढाउनका लागि हरेक वर्ष सखिया नाच नाचिने गरेको धनगढी उपमहानगरपालिका–५ जाईका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो। उहाँले सखिया नाचले गाउँ चम्पन हुने गरेको उल्लेख गर्नुभयो।
जाईमामात्रै नभई, अन्य गाउँमा पनि बालिकादेखि लिएर वयस्क महिलासम्म एकसाथ सखिया नाच नाचिरहेका छन्। यति बेला थारु बस्तीमा सखियाको पैयाँ लगाउँदा मादल र मजिराको आवाजले छुट्टै रौनक थपिएको छ।

आफ्नो मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउनका लागि आफूहरूले सखिया नाच्ने गरेको जाईकी दिलमाया चौधरीले बताउनुभयो। “यसो गर्दा रमाइलो पनि हुन्छ र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण पनि”, उहाँले थप्नुभयो,“हामी जानेकाले नै नयाँ पुस्तालाई सिकाउने हो। त्यो काम हामीले गरिरहेका छौँ।”
महिलाहरूले मादलको तालमा मजिरा बजाउँदै सखिया नाच नाच्ने गर्दछन्। यो नाचमा सुरुमा गीत गाउने गरेको उल्लेख गर्दै मादल वादक स्थानीय रामप्रसाद दहितले भन्नुभयो,“त्यसपछि रमाइलोका लागि पैयाँ लाग्ने गरिन्छ।”
सखिया नाच कृष्ण लीलामा आधारित गीत गाएर नाच्ने गरेको जनाइएको छ। यो नृत्य अट्वारी पर्व सकिएपछि नै सुरु गर्ने गरिए पनि कार्यव्यस्तताका कारण अचेल दसैँको अवसरमामात्रै नाच्ने गरिएको स्थानीय देउमति चौधरीले बताउनुभयो। कृष्ण लीलाको गीत सकिएपछि सखिया नाच्ने कार्य पनि सम्पन्न हुने गरेको उहाँले उल्लेख गर्नुभयो।












क्याटेगोरी : समाचार
ट्याग : #breaking, #थारु गाउँमा सखियाको रौनक (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्