Techie IT
सोमबार, वैशाख २२,२०८२

नाम अनुसारकै काम बर्दिवासको ‘सस्तो दसैं बजार’


बर्दिबास उद्योग बाणिज्य संघको आयोजना तथा बर्दिबास नगरपालिकाको सहयोगमा सस्तो सुलभ गुणस्तरीय सामानको लागि बर्दिबास रोजौँ भन्ने उदेश्यले लागेको “सस्तो दसैँ बजार बर्दिबास २०८१” असोज १६ गतेबाट सुरु भएको थियो ।

बजार सुरु भए देखिको ५ दिनसम्म आइपुग्दा ३०,००० भन्दा बढी मानिसले अबलोकन गरिसकेका छन् । सस्तो, सुलभ, गुणस्तरीय सामानको लागि ग्राहकहरुको आकर्षकको केन्द्र अहिले बर्दिबासको सस्तो बजार बनिरहेको छ । यसरी हेर्दा यसलाई बर्दिवास उद्योग बाणिज्य संघको सफलता मान्न सकिन्छ ।

छिमेकी नगरपालिका तथा छिमेकी जिल्लाहरुबाट पनि धेरै ग्राहकहरु सस्तो बजारमा आएका देखिए । ढल्केबरदेखि सस्तो बजार हेर्न आएकी रिता क्षेत्रीले तीन हजारको सामान किनेको बताइन् । उनी भन्छिन्, “अहिलेको तुलनामा केही सस्तो लागेर नै मैले दसैंको लागि यति धेरै सामानहरू किनेँ ।”

‘नाम अनुसारको काम’ भन्दै लालबन्दी १ सर्लाहीबाट आएका एक दम्पतीले दसैंको लागि लत्ताकपडा किनेको बताए ।

त्यस्तै महोत्तरी बन्ध्राबाट आएकी सुनिता सिंहले दसैंको लागि मरमसलाको सामान किनेकी थिइन् । सस्तो बजार कत्तिको सस्तो लाग्यो भन्ने प्रश्नमा उनी भन्छिन्, “बाहिरको तुलनामा केही सस्तो पाएँ ।”

यसै सस्तो बजारको कारण अहिले बर्दिबास बजार सबैतिर चलाएमान भएको अनुभव सबैले गरेका छन् ।

सस्तो बजारमा गुणस्तरीय सामान मूल्य बढि र म्याद गुज्रिएको सामान बिक्री वितरण भएको भनी गुनासो आएको हुँदा केही दिन अघि मात्रै इलाका प्रशासन कार्यालय बर्दिवासको कार्यालय प्रमुख श्री सुनील शर्मा पौडेलको नेतृत्वमा राष्ट्रिय उपभोक्ता मंचको अध्यक्ष श्री दिपेन्द्र पराजुली तथा इलाका प्रहरी कार्यालयको सहयोगमा बर्दिबासमा सस्तो बजार अनुगमन भएको कुरा बर्दिवासको उद्योग बाणिज्य संघले जनाएको छ ।

अनुगमन पछि उद्योग बाणिज्य संघको प्रतिनिधिहरूबाट अनुगमन प्रमुख श्री सुनील शर्मा पौडेलसँग बजारमा सुधार्नु पर्ने कुराको बारेमा प्रतिक्रिया मागेका थिए । सो क्रममा अनुगमन प्रमुखले मूल्यदेखी सामानहरु सबै संतोषजनक रहेको जानकारी गराएका थिए ।

यसगरी राष्ट्रिय उपभोक्ता मंच महोत्तरीको अध्यक्ष श्री दिपेन्द्र पराजुलीले यस्तो बजारले राम्रो चहलपहल बढाउने र निम्न आय स्तरको ग्राहकलाई चाडबाडको बेला राहत दिने तथा यस्तो कार्यक्रमहरू समय अनुकुल मिलाएर राख्नु पर्ने पनि सुझाव दिएका थिए ।

“नेपालको धेरै ठाउँहरूमा बेलाबेला सस्तो बजार लाग्ने गरेको छ । बर्दिवास नगरमा पहिलो पटक बर्दिवास उद्योग बाणिज्य संघले यसको प्रयास गरेको छ । सफल भयो भने सस्तो बजारले नेपालको अरु ठाउँमा झैं बर्दिवासमा पनि निरन्तरता पाउने छ ।” ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रम मार्फत बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताए ।

यहि १६ गतेबाट २५ सम्म चल्ने बजारले सम्पूर्ण उपभोक्त तथा ब्यापारीलाई राहत मिलेको छ । बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण उपभोक्ता, ब्यापारी तथा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना ।

(फोटो : बिजी मिडिया, रोयल मिडिया तथा बर्दिवास मिडिया हाउस)

 


क्याटेगोरी : अर्थ, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545