हेटौंडा-फाखेल-काठमाडौं सडक आजबाट सञ्चालन हुने

हेटौँडा । एक हप्ता अघि आएको बाढी पहिरोले बिगारेको हेटौंडा-फाखेल-काठमाडौं सडक आजबाट सञ्चालनमा आउने भएको छ । काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्गको रूपमा रहेको हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आइतबार साँझदेखि सञ्चालनमा आउने भएको हो ।
कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर आइतबार साँझदेखि संचालनमा ल्याउन लागिएको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले बताए ।
बाढी पहिरोको कारण गत असोज १२ गतेबाट पूर्णरुपमा बन्द रहेको सडकलाई पहिरो पन्छाउने र बगाएको स्थानमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याउन लागिएको पोखरेलको भनाई छ ।
बाढी पहिरोले कुलेखानी ड्याममुनिको सिमखोलास्थित सडक र महालक्ष्मी खोलानजिकै बाढी पहिरोले क्षति पुर्याएपछि सडक पूर्ण रूपमा अवरुद्ध थियो ।
दशैं नजिकिँदै गर्दा छोटो मार्ग बन्द हुँदा हेटौँडाबाट काठमाडौंको लागि यात्रा कष्टकर रूपमा सञ्चालित थिए । हेटौँडाबाट काठमाडौँको लागि जोडिएको सडकमध्ये हाल हेटौंडा-पालुङ-नौविसे र हेटौंडा-पालुङ-चन्द्रागिरी सडक संचालनमा थिए ।
आइतबार साँझबाट फाखेलमार्ग खुलेसँगै यात्रुहरूलाई थप सहज हुने भएको छ । बाढी पहिरोले धेरै क्षति गरेको हेटौंडा-सिस्नेरी-काठमाडौं र कान्तिलोकपथ सडकलाई पनि खुलाउन हर सम्भव प्रयत्न भइरहेको पूर्वाधार निर्देशनालयले जनाएको छ ।
महालक्ष्मी खोलामा सडक सुधार भएसँगै हेटौंडा-चखेल-मातातीर्थ हुँदै समेत सवारी संचालनको तयारी गरिएको कार्यालयले जनाएको छ ।कान्तिलोकपथ तथा सिस्नेरी सडक सञ्चालनको लागि पनि दिनरात काम भइरहेको भन्दै पोखरेलले कान्तिलोकपथ अन्तरगत मकवानपुर र ललितपुर जोड्ने बागमती खोल (बगुवा पुल) को कटान क्षेत्रमा नेपाली सेनाको टोलीले सडक निर्माणको काम गरिरहेको निर्देशनलायले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हेटौंडा-फाखेल-काठमाडौं सडक आजबाट सञ्चालन हुने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्