विपद् र चाड सँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे
काठमाडौं, असाेव १८ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताउनुभएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक सङ्घको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, “विपद् र महान् चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं ।” मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताउनुभयो ।
उहाँले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति,पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढीकरण गर्ने उद्घोष गर्नुभयो । मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका सङ्घ, संस्थाहरुले सत्यतथ्य कुरा मात्रै पस्कनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित छ भन्ने सन्देश दिन अनुरोध गर्नुभएको छ ।
मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा यातायातसम्बद्ध पदाधिकारीसँग छलफल गर्नुभएको छ । साथै उहाँले त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपद् र चाड सँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्