मतदातामाझ रवि लामिछानेले भने- ढुक्क हुनुस्, तपाईँको जनप्रतिनिधि हारेको छैन
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन् । निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै आफू जनताको कठघराबाट नभागेको बताए ।
उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देश भरीको समस्या सम्बोधन गर्ने जिम्मेवारी मलाई छ। म निर्वाचन क्षेत्रमा सधैँ आउन नसकेपछि मलाई तपाईँहरूले त्यसमा छुट दिनुभएको छ। देशमा विपत्ति पर्दा होस् वा अप्ठ्यारो पर्दा निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर राज्यभन्दा पहिला पुगेर झकझकाइरहेको छ। सिंगो देशको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने प्रयास भइरहेको छ।’
उनले चितवनले देखाएको आशा र भरोसालाई आफूले टुट्न नदिने बताए।
उनले भने, ‘दुई दुई पटक निर्वाचन गर्नुपर्ने अवस्था विगतमा आइपर्यो। तर प्रश्न र जाँचबाट तपाईँको जनप्रतिनिधि भागेको छैन, लुकेको छैन। थाकेको छैन। हारेको छैन। त्यसको जवाफ दिँदै सामना गरेर त्यो परीक्षणको कसीमा आफूलाई उभ्याएर अघि बढेको छ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तपाईँको जनप्रतिनिधि हारेको छैन, #मतदातामाझ रवि लामिछानेले भने- ढुक्क हुनुस्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्