लयमा आउँदै सार्वजनिक यातायात
काठमाडौँ, असोज १७ गते । बाढी, पहिरोले राजमार्ग अवरुद्ध हुँदा तीन दिनसम्म पूर्ण बन्द भएको यातायात क्षेत्र विस्तारै लयमा आउन थालेको छ । राजमार्गका पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएपछि क्रमशः यातायात क्षेत्र सञ्चालनमा आएका छन् तर सार्वजनिक सवारी भने निक्कै कम सञ्चालन भएका छन् ।
प्रहरी चेकपोस्ट नागढुङ्गाका अनुसार गत २४ घण्टामा सवारी सञ्चालन निकै कम भएको छ । २४ घण्टामा काठमाडौँबाट बाहिर जाने बसको सङ्ख्या ७३८ रहेको छ । जसमा २४ हजार ६९८ जना यात्रु बाहिरिएका छन् । २४८ वटा साना सवारीमा दुई हजार ४०० यात्रु बाहिरिएको चेकपोस्टका प्रहरी हवल्दार रामपुकार सुन्दासले जानकारी दिनुभयो ।
त्यस्तै गत २४ घण्टामा नागढुङ्गाबाट काठमाडौँ भित्रिएका यात्रुको सङ्ख्या आठ हजार १३३ रहेको छ भने ३२० वटा बस भित्रिएका छन् । एक हजार ७०० ट्रक नागढुङ्गाबाट बाहिरिएका छन् । बुधबार साँझदेखि यात्रुबस सञ्चालन गरिएको छ । मङ्गलबार ३०३ वटा बस नयाँ बसपार्कबाट बाहिरिएका थिए । विस्तारै यात्रुको चहलपल बढ्न थालेको यातायात व्यवसायीले जनाएका छन् तर दसैँ नजिकिँदै गर्दा पनि सार्वजनिक सवारीमा चहलपहल भने छैन । सामान्य दिनको तुलनामा निकै कम सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।
दसैँका लागि खुला गरिएको अग्रिम टिकट बुकिङको काउन्टरमा पनि चहलपहल छैन । विगतमा बिहानैदेखि लामो लाइन बसेर अग्रिम टिकट काटिएका हुन्थे तर यस पटक भने निक्कै कम सङ्ख्याले टिकट काटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । बुधबार जम्मा ९५० जना यात्रुले मात्र अग्रिम टिकट काटेको नयाँ बसपार्क प्रहरी बिटका वरिष्ठ हवलदार लक्ष्मण विकले जानकारी दिनुभयो ।
अग्रिम टिकट खुला भएपछि बुधबारसम्म २७ हजार ९०० जनाले मात्रै टिकट काटेका छन् । विगतको तुलनामा यो ७० प्रतिशतले कम भएको अध्यक्ष स्वाँरले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लयमा आउँदै सार्वजनिक यातायात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्