खुर्कोटमा सेनामार्फत बेलीब्रिज बनाउन सिफारिस
असोज १६ गते । असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेट पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ ।
बाढीले बगाएको खुर्काेट पुलमा तत्काल बेलीब्रिज निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिनेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट मङ्गलबार रक्षा मन्त्रालयमा सिफारिस भएको रामेछापका बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
रामेछाप जिल्लाको मेरुदण्डका रूपमा रहेको खुर्कोट–मन्थली जोड्ने पक्की पुलको बाढीले बगाएको भागमा बेलीब्रिज निर्माण गर्ने बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग आवश्यक छलफलपश्चात् नेपाली सेनामार्फत काम गर्नेगरी रक्षा मन्त्रालयमा सिफारिस भएको सांसद श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “खुर्कोट–मन्थली जोड्ने पक्की पुल रामेछाप जिल्लाको मेरुदण्ड हो । रामेछापेली जनताका लागि यो पुल अत्यावश्यक छ । छिटोभन्दा छिटो यो पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल पश्चात् नेपाली सेनामार्फत काम गर्न रक्षा मन्त्रालयमा सिफारिस भएको छ ।”
असोज १२ गते दिउँसो सुनकोशीमा आएको अत्यधिक बाढीले सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सेलेघाट–खुर्कोटको पुलको रामेछापतर्फको आधा भाग र सोही अस्थानमा रहेको झोलुङ्गे पुल बगाएको छ ।
खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपियाँभन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१–७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ जान ७५ किलोमिटर दूरी कम भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खुर्कोटमा सेनामार्फत बेलीब्रिज बनाउन सिफारिस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्