मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलाउने काम सुरु
असोज १६ गते । रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक बुधबार साँझसम्म खुल्ने भएको छ । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्डअन्तर्गत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्णरूपमा कटान गरेको छ । जसका कारण सडक पूर्णरूपमा बन्द भएको छ ।
मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको उपस्थितिमा बसेको रामेछाप र दोलखा जिल्लाका सरोकारवालाबिचको बैठकमा हाइड्रोपावर क्षेत्रबाट वैकल्पिक रूपमा बाइपास सडक खुलाउने सहमति बनेको थियो ।
सोही सहमति अनुसार अहिले बाइपास सडक खुलाउने काम भइरहेको रामेछापको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान सर्वपक्षीय सहमतिभन्दा विपरीत रुट परिवर्तन गर्ने प्रस्ताव आयो । जसका कारण बिहानैदेखि बाइपास सडक खुलाउने काम हुन सकेन । सबै पक्षबिच छलफलपश्चात् बुधबार बिहान ९ः३० बजेबाट मात्रै बाइपास सडक खुलाउने काम सुरु भएको छ । आज साँझसम्म मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक सञ्चालन हुन्छ होला ।”
गत सात परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सबै क्षेत्रका सडक क्षति भएपछि रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ । राजधानी काठमाडौँबाट रामेछाप आवतजावत हुने महत्त्वपूर्ण दुई वटा पक्की पुल सुनकोशीमा आएको बाढीले बगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलाउने काम सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्