Techie IT
सोमबार, वैशाख २२,२०८२

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ कायम थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९३५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज बढ्यो सुनको मूल्य, #प्रतितोला कतिमा हुँदैछ कारोबार ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545