दसैँमा नयाँ नोट नपाइने, पुरानै नाेट १८ हजार ५ सयसम्म साट्न पाइने
काठमाडौँ, असोज १५ गते । विगतका वर्षहरूमा जस्तै दसैँमा नयाँ नोट साट्न यस वर्ष नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैङ्कबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दसैँमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैङ्कमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले यो वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरूमा सुकिला नोटहरू प्रशस्त रहेको र राष्ट्र बैङ्कले व्यवस्थापन गर्नुपर्ने भएकाले दसैँमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गर्नुभयो ।
राष्ट्र बैङ्कसँग तथा बैँकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताउनुभयो । उहाँले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दसैँको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताउनुभयो ।
बजारमा प्रशस्तै पुराना नोट प्रयोगमा रहेको जनाएको छ । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपियाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दसैँमा नयाँ नोट नपाइने, #पुरानै नाेट १८ हजार ५ सयसम्म साट्न पाइने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्