पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, १४ असोज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।
सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मुल्य अनुसार काठमाडौँमना पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमको भनाइ छ । एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्