विपदको कहरः ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन
काठमाडौँ, असोज १४ गते । अविरल वर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ती अवरुद्ध भएको थियो । कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाई हुँदै आएको थियो ।
काठमाडौँ र भक्तपुरमा आइतबारदेखि नै नियमित रुपमा बिजुली उपलब्ध भइसकेको भए पनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मत सम्भार जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मत सम्भारमा समस्या भएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मर्मत सम्भारका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र आज साँझसम्म धेरै स्थानमा नियमित बिजुली उपलब्ध हुनेछ ।
लाकुरी भञ्जाङमा १० वटा पोलमा क्षति भएको छ भने सडकमा पहिरो आउँदा मर्मत समभारमा जनशक्ति परिचालन गर्न समस्या परेको छ । बाटो खुलेको अवस्थामा दुई दिनभित्र नियमित गर्न सहज हुनेछ । गोदावरी–३ पुल्चोकी जाने बाटोमा अवरोध छ । बाटो सञ्चालन भएपछि तीन दिनभित्र बिजुली उपलब्ध हुनेछ ।
भट्टेडाँडामा रहेको नागरिक उड्डयन प्राधिकरणको राडार नजिक भएको क्षतिको यकिन विवरण रुपमा प्राप्त हुन सकेको छैन । तर सो स्थानमा आज अबेरसम्म बिजुली उपलब्ध गराउने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ ।
ललितपुर–१४ स्थित कान्तिपुर कोलनी, कुसुन्तीको केही क्षेत्रमा आजै आशिंक रुपमा बिजुली उपलब्ध गराउने गरी लगनखेल वितरण केन्द्रले जनशक्ति परिचालन गरेको छ । यस्तै, किस्ट मेडिकल कलेज पछाडिका २० घरमा आजै बिजुली उपलब्ध हुनेछ ।
प्राधिकरणका अनुसार, लिटिल एजेन्ल्स स्कुल, जग्ग एकीकरण आयोजना, ललितपुर २३ का विभिन्न स्थानमा पनि आजै बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ ।
गोदावरी लेलेतर्फको क्षतिको विवरण पनि यकिन हुन सकेको छैन । सडकमा पहिरो आएको र कतिपय स्थानमा बगाएका कारण अवरोध उत्पन्न भई मर्मत सम्भारमा समस्या पैदा भएको छ । सबै स्थानमा यथेष्ट जनशक्ति परिचालन गरी हरेक पोलको अवस्था हेरेर मर्मत सम्भारलाई तीव्र पारिएको छ ।
यस्तै, देशका अन्य स्थानमा भएको क्षतिको विवरणका आधारमा मर्मत सम्भारको कामलाई तीव्र पारिएको जानकारी दिँदै प्राधिकरणले बत्ती नभएको स्थानबारेमा जानकारी गराउन समेत आग्रह गरेको छ ।
यस्तै, प्राधिकरणले बाढीका कारण क्षति भएका ठूला प्रसारण लाइनको समेत मर्मत सम्भारको प्रक्रिया अगाडि बढाएको छ । काबेली करिडोर, खिम्ती लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनमा समेत क्षति पुगेको छ । ती प्रसारण लाइनको टावर ढल्दा बिजुली प्रवाहमा समस्या उत्पन्न भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपदको कहरः ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्