बाढी पहिरोबाट बागमतीमा : ७४ जनाको मृत्यु, ६० जना घाइते र ३० जना बेपत्ता
असोज १३ गते। बाढी र पहिरोका कारण बागमती प्रदेशका १० जिल्लामा ७४ जनाको मृत्यु भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा शुक्रबार र शनिबार गरी ७४ जनाको बाढी पहिरोमा परेर मृत्युभएको हो।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बाढी पहिरोमा परेर हालसम्म ६० जना घाइते भएको र ३० जना बेपत्ता रहेको आइतबार दिउँसोसम्ममा विभिन्न जिल्लाको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो।
उहाँले विभिन्न जिल्लामा विद्युत् लाइन विच्छेद भएको र टेलिफोन सम्पर्क हुन नसकेकोले विपत् प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पुग्न नसकेको बताउँदै बाढी पहिरोबाट भएको धनजनको क्षतिको थप विवरण आउने क्रम जारी रहेको बताउनुभयो।
बाढी पहिरोबाट प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लामध्ये सबैभन्दा मानवीय क्षति धादिङ र त्यसपछि काभ्रेमा भएको छ।हालसम्म धादिङ जिल्लामा ३४ र काभ्रे जिल्लामा २१ जनाको मृत्युभएको छ। साथै काभ्रेमा सबैभन्दा बढी घाइते ३४ जना र बेपत्ता १९ जना भएका छन्।
हालसम्म मकवानपुरमा सात जना, सिन्धुपाल्चोकमा छ जना, दोलखामा तीन जना, सिन्धुलीमा दुई जना र रामेछापमा एक जनाको बाढी पहिरोमा परेर मृत्युभएको प्रहरीको तथ्याङ्क छ।
नुवाकोट, चितवन र रसुवामा मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #६० जना घाइते र ३० जना बेपत्ता, #breaking, #बाढी पहिरोबाट बागमतीमा : ७४ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्