प्रकाश तामाङलाई शेरधनदम्पतीले दिए जग्गा, हाते ट्याक्टर र हल गोरु
‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ मार्फत् परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङले जग्गाधनीपूर्जा पाएका छन् । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) का कोशी इन्चार्ज शेरधन राईले तामाङलाई ५ रोपनी ३ आना २ पैसा जग्गाको पुर्जा हस्तान्तरण गरे ।
भोजपुरको षडानन्द- १०, साङपाङको छाप्लेगाउँस्थित तामाङकै घर पुगेर राईले लालपूर्जासँगै हाते ट्याक्टर र एक हल गोरु दिए । षडानन्द-८, मा रहेको ५ रोपनी ३ आना २ पैसा राईकी पत्नी जाङ्मु इन शेर्पाको नामबाट प्राप्त गरेका हुन् ।
यसअघि १८ भदौ २०८१ मा राईसँगको भेटमा प्रकाशले पूर्वमुख्यमन्त्री राईसँग जग्गा, हाते ट्याक्टर र एक हल गोरु मागेका थिए । २४ दिनपछि राई प्रकाशको माग पूरा गर्न राई भोजपुर पुगेका थिए ।

उनले भने, ‘प्रकाशजीसँग काठमाडौंमा भएको भेटमा उहाँकै माग अनुसार मैले सहयोगको प्रतिबद्धता गरेको थिएँ । म आज बाँचा पुरा गर्न तपाईको घरमा आइपुगेको हुँ । यो जग्गामा राम्रो धान, सुन्तला, रुद्राक्ष र अकबरे खोर्सानी फल्छ । अब तपाईँले नमुना कृषक बनेर विदेशमा रहेका नेपालीहरुलाई गाउँ फर्किनुपर्छ, गाउँमै अथाह सम्भावना छ भनेर सन्देश दिनुहोला ।’
जग्गा पाएपछि प्रकाशले खुशी व्यक्त गरे ।
प्रकाशले भने, ‘अब मेरो लागि गरी खाने मेलो भएको छ । म धेरै खुशी छु ।’
यसअघि प्रकाशको परिवार सुकुम्बासी थिए । यो जग्गा प्राप्त गरेसँगै अब प्रकाशको परिवार सुकुम्बासीबाट जग्गाधनी भएका छन् ।
समाजसेवी जाङ्मु इन शेर्पाले प्रकाशलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
उनले भनिन्, ‘काठमाडौंमा भेट्ना उहाँले राख्नु भएको माग हामीले पुरा गर्ने वाचा गरेका थियौं । आज त्यो वाँचा पुरा गर्न पाउँदा खुशी लागेको छ । प्रकाश तामाङ जस्ता गाउँमै सम्भावना देखेकालाई सहयोग गर्न पाउदा खुबी लागेको छ ।
यसअघि भदौ १८ मा पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई १ लाख नगद सहयोग गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रकाश तामाङलाई शेरधनदम्पतीले दिए जग्गा, #हाते ट्याक्टर र हल गोरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्